गजल२०७, रेखामा बसाउ मलाई...
तिम्रो हातको रेखामा बसाउ मलाई।
म तिम्रो भाग्य हुँ संगै लैजाउ मलाई।
रोकिएको धड्कन संचालित हुन्छ।
सुनसान अँगालो मा लगाउ मलाई।
मेरो मुटु तिम्रो तनमा छ आजकल।
रक्तसंचार हृदयमा धड्काउ मलाई।
तिमी बाँचे म बाँच्छु हाम्रो जिन्दगी।
श्वास प्रश्वास बाट चलाउ मलाई।
प्रकाश हुँ अन्धकार हटाउँछु अब।
पराया नठान आफ्नै बनाउ मलाई।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि