गजल २०४, मन नियन्त्रण बाहिर..
मेरो मन आजकाल नियन्त्रण बाहिर छ।
उनी संगै घुमिहिड्छ मात्र यहाँ शरीर छ।
तर यहाँ कसैलाई, थाहा छैन मेरो कुरा।
मैले हिड्ने गोरेटो मा मात्र झिरै झिर छ।
खै कस्तो भयो घरगाउँ म हुर्केको ठाउँ।
बेचन छ दिनहरु छाती भित्र यो पिर छ।
जिन्दगानी आउँछ जान्छ चलिरहन्छ।
यो भुमिमा मायाबाट को को फकिर छ।
मेरो सधैं जिन्दगी बालुवा को पुल भो।
सधैं खुशी तिम्रो साथ भाग्य लकिर छ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि