गजल१९६, तिम्रो मान सम्मान...

तिम्रो मानसम्मान किन दिन्छौ।
अधिकार ,विधान किन दिन्छौ।

हस्तक्षेप किन गर्छ विदेशी सधैं।
नेता! खोक्रो शान किन दिन्छौ।

सफलता को सिंढी चढ्न तिमी।
भन झुठो मुस्कान किन दिन्छौ।

विचार पुर्याउ घोटालाको ठाउँ।
लुट्ने ठाउँमा दान किन दिन्छौ।

मेरो देश भन कसले चलाउँछ।
विदेशलाई जवान किन दिन्छौ।


,
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ