गजल१८४, सुन्दरी खोज्दै छु म...
एउटी सुन्दरी खोज्दै छु म।
हृदय की चरी खोज्दै छु म।
मनको पिडा सबै पखाल्न।
वर्षात्को झरी खोज्दै छु म।
आत्मा दर्शन विज्ञान लिन।
गुरु पाटी खरी खोज्दै छु म।
स्वदेश पुग्न सातसमुन्द्र तर्न।
साथी जलपरी खोज्दै छु म।
निराकार स्वरुप आत्मामा।
दिल भित्र हरि खोज्दै छु म।

,प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि