गजल१८८, समुन्द्रको सफर..

समुन्द्रको सफर भगवान चलाउँछ।
बिदेशीको जहाज जवान चलाउँछ।

तिमी लाई खबर सायद ,नभएर हो।
तिम्रो मुटु मुलुक धनवान चलाउँछ।

खुट्टा किन गुमायौ हेर्ने गर मुलुकमा।
आजकाल शरीर बलवान चलाउँछ।

सोच्नु त धिक्कार छ यहाँ व्यवस्था।
भ्रम न राख माटो गुणवान चलाउँछ।


,
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ