गजल२०२, अनुहार राम्रो लाग्छ
मलाई तिम्रो अनुहार राम्रो लाग्छ।
शुभ सात्विक विचार राम्रो लाग्छ।
तिमीलाई जिताउँछु हर पल अब।
ईश्वर बसेको निधार राम्रो लाग्छ।
घटि पल मिठो ,तिम्रो जवानीका।
ईन्द्रियहरुको पुकार राम्रो लाग्छ।
संग संगै बिताएका कयौं याद हरु।
हो खुशीयाली संसार राम्रो लाग्छ।
चेतनाको वृद्धि मुलुक बिकासमा।
सदा बुद्धिको खुंखार राम्रो लाग्छ।

,प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि