गजल१९८, आँसु रोके मन बाँधे

आँसु रोके मन बाँधे उन्को बिदाईमा।
मेरो दिल बलीरह्यो उनको सलाईमा।

तड्पनको पिडा सधैं सायद बुझेर उ।
रुँदैछ यो आकाश धर्ति मेरो रवाईमा।

पराया को सिन्दुर ले सजिएर होला।
क्षितिज पनि हल्लिदैछ मेरो कुराईमा।

तिमी रैछ्यौ मायाँ दौलतमा बिक्ने।
घायल बने तिम्रो म झुटो फकाईमा।

जीवनका पन्नाहरू च्यातिएर हो कि।
अँध्यारो भो प्रकाश, घाउ दुखाईमा।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ