गजल१८५, मिलनको आश गर्दैछु

भुतुक्कै भाछु केशको लहर बाट।
मिलनको आश गर्दैछु बगर बाट।

धड्कन तेज हुन्छ मेरो दिल जब।
नजर हुन्छ बाहिर तिमी घर बाट।

साथमा हर घडी हर पल तिम्रो हुँ।
तिमी हेर्छौं मलाई कुन नजर बाट।

जीवन यो सम्हाल्न सकिन मैले।
ढलेको छ भुमिमा हेर जहर बाट।

मणिको अस्तित्व मेट्नमै उद्यत।
बुझ्न नै सकिन बिरानो शहर बाट।


,
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ