गजल१८७, आँखामा सुमुन्द्र...

आँखामा समुन्द्र पार्दैछ उसले।
डुबाई आत्मा खै मार्दैछ उसले।

मुटु अलग शरीर अलग पारेर।
मुटुलाई शहरमा सार्दैछ उसले।

हालीमुहाली यहाँ भएर सायद।
प्रवासमै पसिना झार्दैछ उसले।

सत्तामा दम्भ सधैँ धनी गरीब।
नगदले सिमाना बार्दैछ उसले।

मणि भएर पनि आफ्नो देशमा।
वर्तमान मा किन हार्दैछ उसले।


,
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ