गजल२००, कयौं सपनाहरु...
कयौं सपना हरु आफैं देखेर मारे।
वर्तमानका खुशीयाली टेकेर मारे।
जिन्दगानी सारा बन्धन मा पारी।
मन आकांक्षा लाई सधैं रेटेर मारे।
सोच अनि लक्ष्य तहसनहस पारी।
जीवनका पन्ना लाई च्यातेर मारे।
संकल्प थियो सब पुरा नभए पछि।
सपनाको पन्ना आँसुले कोरेर मारे।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि