गजल१८२, नमार जिउँदो लास
नमार जिउँदो लास बनेको छु।
जीवन आधार गाँस बनेको छु।
सडकमा अलपत्र नठान अब।
म चाँदनीको खास बनेको छु।
मलाई उडाउने कोसिस नगर।
तिब्र रफ्तार बतास बनेको छु।
कसैको चोट माथि चोट सहेथें।
उसैको म यहाँ आस बनेको छु।
पिडाले चुट्टिएको मन जीवन।
साथ जोड्ने समास बनेको छु।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा,
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि