गजल १९०,तिम्रो अगाडि मैनबत्ती ..

तिम्रो अगाडि मैन बत्ती ल्याएर हेर।
अनि त्यसमा हातलाई लगाएर हेर।

क्रोधले जलेको छ सकिन्छ आफैं।
उसले हृदय जलाउँछ चलाएर हेर।

तिम्रो जीवन पुष्प बनाउनु छ भने।
जाउ गुराँस फुलबारी सजाएर हेर।

आज छ भोलि छैन पर्सि अर्कैको।
आज रमाउँदै जिन्दगी बढाएर हेर।

तिमी नबन जस्तै छायाँ चाँदनीको।
स्वयम् जिन्दगी प्रकाश बनाएर हेर।


,
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ