गजल१८६, मुटुलाई चिरा चिरा
मुटुलाई चिरा चिरा कति पार्छौ भन।
घर आउने दिनहरु किन सार्छौ भन।१
पुष माघ मौसममा एक्लै छु म यहाँ।
अवरोध खम्बाहरु किन बार्छौ भन।२
याद मेरो मीत बन्यो नयनको पानी।
आँसुको समुन्द्र कहिले तार्छौ भन।३
नजर यो थाकी सके पल पल अब।
जीवनमा घरिघरि किन टार्छौ भन।४

,प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि