गजल१९५, कोही दिवाना भन्छ....

कोही दिवाना भन्छ कोही पागल भन्छ।
माटो को तड्पन बुझ्छु यो बादल भन्छ।

तिमी कोसौं टाढा कोसौं टाढा आज म।
आँखाबाट बगेकोछु तिम्रो गाजल भन्छ।

जिन्दगानी बिताउनु याँ रमाउँदै तिमी।
फर्केर आउँछु मेरो मन ,पल पल भन्छ।

मेरो गहिरो घाउ मा मल्हम लगाई देउ।
आउ अब देशमा जन्मभूमि थल भन्छ।

मान्छेले देखे छन् मेरो आखामा आँसु।
बुझ्ने ले मोती भन्छ नबुझ्ने जल भन्छ।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ