गजल१८९,औंला कसैलाई नउठाउ...
औंला कसैलाई नउठाउ तिमी।
खर्च गर्नु अगाडि, कमाउ तिमी।
जिन्दगी के हो आफैं बुझ्ने छौ।
प्रवास मा जहाज उडाउ तिमी।
एक्लो जिन्दगी सुनसान लागे।
माटो तिर पाईला बढाउ तिमी।
दया को भाव दिन दुःखी लाई।
साहारा बनी हात लगाउ तिमी।
कर्म ले तिम्रो जिन्दगानी बन्छ।
ध्यान ले आत्मा सजाउ तिमी।

,प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि