गजल२०३, जीवन रुवाई..

जीवन रुवाई रुमाल दिन्छ कोही।
मुटुको धड्कन चाल दिन्छ कोही।

वचन को तिखो बाण प्रहार गराई।
परेली, बगाउने छाल दिन्छ कोही।

किन यहाँ शब्द लाई अन्याय गर्छ।
कतै मिठा मिठा ताल दिन्छ कोही।

कोही दुःखी वेदना लुकाएर बस्छ।
दुखिया को मन टाल दिन्छ कोही।

जीवन बिताउँदा अल्पायु मै पनि।
बाँच्ने मनलाई काल दिन्छ कोही।


,
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ