गजल२०१, हृदयमा आत्मबल..
हृदयमा आत्मबल तस्वीर बनाउन।
जुटौं युवा देशलाई अमिर बनाउन।
पिँजडा फुकाउँदै दुनियाँ देखाउँदै।
दुनियाँमा प्रजातन्त्र सुधिर बनाउन।
चञ्चलता जीवन यो कमजोर हुन्छ।
भन्दैछु तिमी लाई गम्भीर बनाउन।
क्षमता राख नारी शत्रु लाई जित्न।
जरुरी छ आत्म रक्षा झिर बनाउन।
हुनु पर्छ जागरुक समाज मा तिमी।
शत्रुहरु चाहान्छन् फकिर बनाउन।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि