गजल१९१, अधोगति अनुकूल ...

अधोगति अनुकूल होस भन्दिन।
लौ मुर्झाएको फुल होस भन्दिन।

तिमी लाई मेरो पल पल कामना।
भविष्य झरेको पुल होस भन्दिन।

तिम्रो पनि अस्तित्व छ मेरो पनि।
तिमी बाटाको धुल होस भन्दिन।

जिन्दगानी हामीहरु संगै बिताउँ।
जीवनमा फेरि भुल होस भन्दिन।

तिमी एउटा पाटी म अर्को पाटी।
झगडाको सबै हुल होस भन्दिन।


,
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा

टिप्पणियाँ