गजल१८३, ईश्वर एहसास हुदैछ..
ईश्वर बल्लबल्ल एहसास हुदैछ।
जीवन जवानी यो नास हुदैछ।
मोज मस्ति मन बडा अचम्म।
शरिरमा ब्यर्थै सहवास हुदैछ।
महलमा रमाएका मन शरीर।
समसान घाट मा वास हुदैछ।
बाँचु बाँचु लाग्ने मेरो जिन्दगी।
एकदिन अवश्य लास हुदैछ।
जन्मदिनमै किन खुशीयाली।
सोच तिम्रो उमेर ह्रास हुदैछ।

टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि