गजल१९९, उसलाई कसले लगेको छ..

उसलाई कस्ले लगेकोछ।
प्रवासमा दुःख सहेकोछ।

याँ अब हुदैछ गजलकार।
पुरस्कृत गर्न गनिएकोछ।

दुःखले धोए पछि नरको।
वचन परिस्कृत बनेकोछ।

उसले आफ्नो, जिन्दगी।
किन बहिस्कृत गरेकोछ।

जिन्दगी को तड्पन मेरो।
यहाँ भन कस्ले बुझेकोछ।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ