गजल१९७, साँझ बिताए...

साँझ बिताए अब रात बिताउँ कसरी।
यति उदास पल दिलमा राखुँ कसरी।

हावा बनी उनी मेरो मुटु छोईन आएर।
कता खोज्नु उनी लाई भेटाउँ कसरी।

थोपा झैं सधैं मेरो शरीरमा आउछिन।
साउनको वर्षात यो म लुकाउँ कसरी।

चाँदनी आउँछिन् आँखा सजाउँछिन्।
उनीलाई मनको नजरमा बाधुँ कसरी।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ