गजल१९४, अश्रुधारा बगाउने

अश्रु धारा बगाउने मान्छे।
बल ब्यर्थ लुटाउने मान्छे।

सपना मर्दैमा जीवन मर्दैन।
आत्मबल गुमाउने, मान्छे।

सुगन्ध सधैं हुदैन आफ्नो।
फुल तिमी बनाउने मान्छे।

साउनमा वर्षात रोकिदैन।
माटोलाई सुकाउने मान्छे।

यी खेलौना फुट्न सक्छ।
बालापन सजाउने मान्छे।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ