गजल१९३, समाजमा प्रेम...
समाजलाई प्रेमको खबर न लागोस्।
फक्रदैछ मेरो मायाँ जहर न लागोस्।
हेरेकोछु तिमीलाई मायाँ नजर बाट।
कसैबाट तिमीलाई नजर न लागोस्।
हरा भरा माटो भित्र हुर्किएको मायाँ।
डर लाग्छ मेरो मायाँ बगर न लागोस्।
चोखो मायाँ जातिबाट ग्रसित भएर।
न लागोस् है मायाँमा थर न लागोस्।
बाँच्ने मेरो अधिकार कुन्ठित बनाई।
मायाँ प्रति बाधक यो डर न लागोस्।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि