गजल१९२, अपराधी खुलेआम

अपराधी खुलेआम जमानतमा छुट्छ।
आजकल दोषीहरु अदालतमा छुट्छ।

अपराधी भए पनि दोषी भएपनि किन।
नेताहरु भनौदाको ईजाजतमा छुट्छ।

बलत्कारी घुमेका छन् जता सुकै यहाँ।
नारीको बेईज्जत दुष्ट ईज्जतमा छुट्छ।

झरीले झुपडीको बलेको आगो निभ्छ।
नेपाली प्रवासीको आँसु खतमा छुट्छ।

नेताको अझै चालचलन फेरिएन भने।
परिणाम हेर्दै जाउ तिम्रो मतमा छुट्छ।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ