गजल१८१, सजाउनु सिउँदोमा सिन्दुर ...
सजाउनु सिउँदोमा सिन्दुर तिम्रो।
जिन्दगी बनोस् सधैं सुमधुर तिम्रो।
कामना छ रमाउनु सधैं भरि अब।
खुशीयाली आउने छ जरुर तिम्रो।
मुटु भित्र खाली ठाउँ रहनेछ सधैं।
जाउ मैले बुझेको छु मजबुर तिम्रो।
रुष्ट भए कि सायद देवी देउराली।
लगाउँदिन दोष अनि कसुर तिम्रो।
मेरो मायाँ जीवन चकनाचुर भयो।
जिन्दगी नबनोस् चकनाचुर तिम्रो।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि