गजल१७८, दौलतको पर्खालमा ....
दौलतको पर्खालमा चिनजानको के अर्थ।
अपमान गरे पछि त्यो सम्मानको के अर्थ।१
अगेनामा आगो छैन आँसु को पोखरी छ।
आधुनिक दरबार मा सुनसानको के अर्थ।२
कोलाहल छ जता ततै मानवीय धर्म छैन।
गाँस वास तेरो मेरो तानातानको के अर्थ।३
आधुनिक चर्को धुन पाश्चात्यको भिडमा।
शास्त्रीयको संगीतमा गुनगानको के अर्थ।४
संघ संस्था उद्यत छ असाहय को लागि।
घोटाला भयो भने त्यहाँ दानको के अर्थ।५
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि