गजल१७६, मान्छे मरे पछि...
मान्छे मरे पछि, खरानी हुन्छ।
वायु तेज आकाश पानी हुन्छ।
संघर्ष हो जीवन बाँचुञ्जेल याँ।
समुन्द्रमा मथने मदानी हुन्छ।
बाँचौ बाँचौ लाग्छ क्षणिक हो।
तर पनि मिठास जवानी हुन्छ।
कयौं त्यस्ता अमर काम गरे।
इतिहासमा त्यो कहानी हुन्छ।
दिव्य ज्ञान दर्शन पढ्यो भने।
ईश्वर बुझ्ने त्यो, ज्ञानी हुन्छ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि