गजल१८०, फुलमाला लगाईन्छ....

फुलमाला लगाईन्छ चोर डाकालाई।
जेल बाट भगाईन्छ ,चोर डाकालाइ।

हुन सक्छ सति द्वारा, सरापेको देश।
आउ हेर सजाईन्छ चोर डाकालाई।

विद्याका सेवक त दिउँसै कुटाईन्छ।
पैसा दिदैं हँसाईन्छ चोर डाकालाई।

यत्रतत्र निमुखाको विना वासस्थान।
महल यहाँ बनाईन्छ चोर डाकालाई।

सुन्दैन हो सरकार बोली जनताको।
दरबार मा बसाईन्छ चोर डाकालाई।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ