गजल१७७, न छोप भो कोटले
नछोप भो कोटले निको हुँदैन।
मेरो छाती नोटले निको हुँदैन।
आज मुटु पग्लियो भयो तरल।
यो घनको चोटले निको हुँदैन।
तड्पिदैछ हृदय मेरो धड्कन।
जडि बुटी बोटले निको हुँदैन।
सम्झौता केवल सिन्दूर भरेर।
घमण्डी रिमोटले निको हुँदैन।
शहीदको जीउ बाट बग्ने रगत।
नमाग भो भोटले निको हुँदैन।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि