गजल १७५, गाजलु ती परेलीमा...
गाजलु ती परेलीमा लुक्न मन लाग्छ।
गुलाबको फुल लिई झुक्न मन लाग्छ।
बाटो भरि तिम्रो लागि, फुल सजाएर।
रात दिन तिमीलाई ढुक्न मन लाग्छ।
मधुर त्यो तिम्रो मिठो बोली सुनेपछी।
तिम्रो घर आँगनीमा रुक्न मन लाग्छ।
निरन्तर हाम्रो यात्रा कुना कन्दरामा।
मायाँ प्रेम कुरा हरु फुक्न मन लाग्छ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि