गजल१७४, शालिकमा शहीदको

शालिकमा शहीदको सवाल देखेनौ।
फसाउन बिछ्याएको जाल देखेनौ।।१

जनता तिमी कति मुर्ख नेता घरमा।
अँध्यारोमा उसले गर्ने चाल देखेनौ।।२

सम्पत्ति त्यो कमाउने उसको रहर।
कमाएको अकुत मालामाल देखेनौ।।३

बाढीपैरो प्रकोपमा हाल बेहाल छ।
आउ यहाँ सरकारको ताल देखेनौ।।४

संघे शक्ति कलौ युगे उठ शक्ति छ।
स्वर्ग हाम्रो सुन्दर यो नेपाल देखेनौ।।५

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ