गजल१७३, तिम्रो मिठो संझनाले
तिम्रो मिठो संझनाले सताउँछ आजकल।
आँखा मेरो रात-दिन रसाउँछ आजकल।।१
आँखाको डिल बाट बाढी पैरो आए पछि।
आँखी भौं र परेली नै डराउँछ आजकल।।२
उनको याँ अभावले कष्ट झैल्दैछ जीवन।
निरन्तर चल्ने छाती रुकाउँछ आजकल।।३
महल मा एकान्त छ सुनसान जीवन मा।
उनको चित्र हृदयले बनाउँछ आजकल।।४
मिलनको पर्खाइमा कयौं रात बितेपनि।
जिन्दगीले कदम यो बढाउँछ आजकल।।५
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि