गजल १७२, जवानीको मोल

जवानी को मोल किन गरेको।
दौलतमा कबोल किन गरेको।।१

तिमीले आफैं जीवन बिगारी।
भनन डामाडोल किन गरेको।।२

धर्यता गुमायौ मिठो जिन्दगी।
आत्मघाती गोल किन गरेको।।३

आफ्नो जीवन आफैं लतारी।
ईश बोल्छ बोल किन गरेको।।४

अपराध यत्रतत्र तिम्रो मनुष्य।
लु वृत्तान्त खोल किन गरेको।।५

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ