गजल७१, मानिस बोलीमा...

मानिस बोलीमा लगाम छैन।
फरिया चोलीमा लगाम छैन।।१

एकदिन मिल्नेछ समुन्द्रमा।
जीवन खोलीमा लगाम छैन।।२

देउ कारण किन मर्छ मान्छे।
बन्दुक गोलीमा लगाम छैन।।३

विवाह नाटक मन्चन गरेको।
दाईजो डोलीमा लगाम छैन।।४

प्रकाश थुनि पार्यौ अँध्यारो।
गुरुको टोलीमा लगाम छैन।५

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ