गजल१७०, तपाई दुःखमा हुनुहुन्छ...
हो थाहा छ तपाई दुःखमा हुनुन्छ।
मरुभूमि मिशिनको रापमा हुनुन्छ।।१
बगेको छ तन देखि पसिना रगत।
परायाको परिश्रम काममा हुनुन्छ।।२
रित्याउदै सुमधुर जीवन अमुल्य।
परिवार बाट टाढा आशमा हनुन्छ।।३
भावुक छु मन रुन्छ देखेर प्रवास।
अनिदोछ पल पल रातमा हुनुन्छ।।४
सरकार! परिश्रम गरेको जिन्दगी।
दायित्व के हो बाकसमा हुनुन्छ।।५
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि