गजल१६९, दुःख पिडा मापन ...
दुःख पिडा मापन अचानोलाई सोध।
रात दिन घाम खप्ने छानोलाई सोध।१
भरिएको भकारीमा भोक दुःख हुन्न।
झुपडीमा रित्तिएको मानोलाई सोध।।२
नृतृत्वमा पुग्यौ नेता क्षमता छ सुन्य।
जाउ किन मह बन्छ रानोलाई सोध।२
ठुला ठालु भनौदा ले अरुलाई हेप्दा।
मुटु कति पिडा हुन्छ सानोलाई सोध।४
जनता हो जाग अब हल्लाईदेउ खाट।
निदाएको सरकार कानो लाई सोध।।५
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि