गजल१६५ जिन्दगानी खुशी ...
जिन्दगानी खुशी छैन नाचौं कसरी म!
वर्षा जस्तै बग्यो आँसु साचौं कसरी म!
उन्कै याद जिन्दगीमा देखें सपनीमा!
बिपना झैं लाग्छ अझै जाचौं कसरी म!
जिन्दगीको गोरेटोमा बाधा परेको छ!
अवरोध खम्बाहरु भाचौं कसरी म!
साथी बिना पलपल गाह्रो भो जिन्दगी!
एक्लो यात्री प्रवाशमा बाचौं कसरी म!
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि