गजल१६२, उत्खनन् म गर्न खोज्छु...

उत्खनन् म गर्न खोज्छु व्यवधान भईरह्यो
जिन्दगानी आज सम्म बलिदान भईरह्यो!

मानवता कता कता स्वार्थी हुदै जगतमा
प्राण हर्ने सर्व श्रेष्ट बलवान भईरह्यो !

सत्य कुरा विचार हो छाती भित्र लगाउदै
मान्छे मान्छे हुन खोज्दा अपमान भईरह्यो !

आफ्नो खुशी डाडु पन्यौ घुस चुस समाउदै
जता गयो त्यतै खायो वरदान भईरह्यो !

झुपडीको नाम लिदै जन्ता बाट छानिएका
देश माझ तिनै व्यक्ति धनवान भईरह्यो !

प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.

टिप्पणियाँ