गजल१६१ कानै थुनी पट्टि बाँधी ..

कानै थुनी पट्टी बाँधी बाँडिदैछ बस्तीहरु!
अध्यारोमै खण्डखण्ड पारिदैछ बस्तीहरु!!

जातियता क्षेत्र संगै अर्थ विना देश हाम्रो!
हिमालको काखै बाट टाढिदैछ बस्तीहरु!!

विरताको पसिनाले मेची काली बगाएर!
खुन बाट बनाएको भाडिदैछ बस्तीहरु !!

शत्रु बन्दै भाईभाई परायाको अधिनमा!
दाँई जस्तै घानीभित्र माडिदैछ बस्तीहरु!!

जातिभन्दा माथीउठि राष्ट्रीयता सोच्नेनत्र
नेपालीको हातै बाट छाडिदैछ बस्तीहरु!!

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा

टिप्पणियाँ