गजल१६६ जता जाउँ त्यतै दुलो....

जता जाउँ त्यतै दूलो टालौं कसरी !
जिन्दगीको यात्रा अब चालौं कसरी!!

मेलापात गर्थे सधैं आज सकिन!
चुलाचौका आगो अब बालौं कसरी!!

जिन्दगीको केही भर छैन अबत !
सानानानी बच्चाबच्ची पालौं कसरी!!

रित्ता भाडा यत्रतत्र थला परेर!
ढिकुटिमा अन्न छैन हालौं कसरी !!

भोक भोकै बसे पनि कस्ले सोध्नेर !
खाँदा हुन्थ्यो ढुङ्गोपाके गालौं कसरी!!

जहाँ जान्छु तेतै ऋण कति माग्नुर !
बोझ भयो मेरो शरीर फालौं कसरी!!

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ