गजल१६४ खहरेमा हुत्तिएको छाल...

खहरेमा हुत्तिएको छाल जिन्दगी!
रोकिदैन तिब्रगति चाल जिन्दगी!!

इज्जत जो खेदिएको बन्नु गरीब !
अन्नविना बाचुञ्जेल काल जिन्दगी!!

थोत्रा भोटा टालिएको वर्ग बिचमा!
दुःखी भई सहनु छ हाल जिन्दगी !!

कसै लाई सम्पन्नता पुरा वैभव !
भरी पुर्ण भएको छ माल जिन्दगी!!

सुख दुःख गन्तव्य एक्लै पुगीने !
सृष्टिलिला अचम्म छ जाल जिन्दगी!!

प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.

टिप्पणियाँ