गजल-१६८ बिधुवाले रातो लाए के हुन्छ...

बिधुवाले रातो लाए के हुन्छ।
नाच गान गीत गाए के हुन्छ।१

बुढो छोडीकन बच्चा समाति।
निठुरी कालले खाए के हुन्छ।२

महलमा कति गर्छौ बिकास।
झुपडीको छानो छाए के हुन्छ।३

देख्यौ कि खाएको गरीबले।
भोक टार्न अन्न पाए के हुन्छ।४

अशान्ति काटमार बिरोधमा।
बुद्धले लुम्बिनी धाए के हुन्छ।५

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ