गजल१६३, जे जे गर्छौ गर....

जे जे गर्छौ गर अब माया ढाँटे हुन्छ!
मेरो बारे जता ततै कुरो छाँटे हुन्छ!!

लाश मेरो जिन्दगानी घाट पुर्याउन !
आजै देखी छिमेकमा निम्तो बाँटे हुन्छ!!

अमावश्य रात जस्तै मेरो जिन्दगीमा!
अरु दुःख थप्ने भए अझै आँटे हुन्छ !!

यदा कदा अनायासै भेट भयो भने !
नचिनेको भान गरी बाटो काटे हुन्छ!!

प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.

टिप्पणियाँ