गजल१६७ जिन्दगीले पथ
जिन्दगीले पथ चिनी खुट्टा चाल्यो आज!
उन्को रुप चाँदनी झैं लाग्न थाल्यो आज!!
जिवनमा साथ उन्को प्यारो सम्झनाले!
सयौंदूर खुशीयाली दियो बाल्यो आज!!
हरियाली वसन्त भो माया आए देखी!
दुःख दर्द घाऊ जति सबै टाल्यो आज!!
गाढा हुदै माया प्रेम गाँठो बन्धनको!
रिसराग भए भर्को झिकी फाल्यो आज!!
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि