गजल१६० मलामी भएकै परिदैन

मलामी भएकै परीदैन साथी!
नआई त कालै मरीदैन साथी!!

बगेको खोला नटुन्गी समुन्द्रै... !
अज्ञानीछु भन्दै सरीदैन साथी!!

यि आँखा कसैले नऊघारि हेरे!
झुमेको जवानी छरीदैन साथी!!

सही आज छायाँ त माया बनेको!
सु-बाटो नभेटी डरीदैन साथी !!

सुआत्मा मणीमा रहेको जवानी!
छिटो ज्ञान धेरै भरीदैन साथी!!

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा

टिप्पणियाँ