गजल१२८,जनताको आज आँसु ......
जनताको आज आँसु खस्दै गाछ हेर।
बैठक त्यो त्यहाँ ब्यर्थै बस्दैछ गाछ हेर।१।
जनताको मनोबल शान्ति कुल्चिएर।
मौलिक जो अधिकार फस्दै गाछ हेर।२।
जनतामा अविश्वास घात गरि गरि।
जाति युद्ध डोरी ले नी कस्दै गाछ हेर।३।
संबिधान बिघटन यदि भयो भने।
त्यस्सै पनि बिदेशी त पस्तै गाछ हेर।४।
छिमेकीले बाटो हेरी बाटो पैलाउदै।
घरि घरि हस्त क्षेप डस्तै गाछ हेर।५।
प्रकाशमणि खनाल
गोलधाप , झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि