गजल१०८ भाकलको पिपल

भाकलको पिपल यी रुख हेर्छु !
बेचैनिको पिडा दिने दुख हेर्छु !१!

वर्षौं भयो जिन्दगानी बिछोडको!
भेट्न आऊ मात्र तिम्रो मुख हेर्छु!२!

तिमी संगै गयो छायाँ जिन्दगीको!
बदनाम दियौ मेरो भुख हेर्छु !३!

प्यासी आँखा बनेको छ मात्र तिम्रो!
प्रतिक्षामा खुशियाली सुख हेर्छु !४!

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ