गजल१०७ बहरे मुतकारिब, बिजोडै झरी...
बिजोडै झरी याँ परेको छ राती !
सुकेका यि खोला भरेको छ राती!१!
अनायास मान्छे ढली आज पैरो!
बगाई झरीले हरेको छ राती !२!
बगेको छ बाली भकारी बटारी!
ढलाई सखापै गरेको छ राती !३!
शरीरै भिजेको छ काम्दै गुहारी !
घर माझ पानी सरेको छ राती !४!
बिजोगै छ गाऊँ दबाई नपुग्दै !
कता देशले खै छरेको छ राती!५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि