गजल१०१, म गोर्खा

म गोर्खा भनन मेरो कुल जातको !
म खोला सलल बग्ने मुल जातको!१!

बनेकोछु नदिमा मत शानले !
म तारेर बसने पुल जातको !२!

अनौठो गजब झन्डा रवि चांदमा!
बसेका शितलमा छौं फुल जातको!३!

पराया दमनलाई रिपु देखने !
हुनै पर्छ अब हाम्रो शुल जातको!४!

तराई हिम पहाडै खुन एउटा !
मुटूमै मुलुक राखौं भुल जातको!५!

छन्द सलामी
प्रकाशमणि खनाल
गोलधाप-४ झापा,

टिप्पणियाँ