गजल१२९,कहिले भेट मिलन
कहिले भेट मिलन हुन्छ यो जिन्दगानीमा।
बिछोड सम्झी हृदय रुन्छ यो जिन्दगानीमा।१।
जुनले भन्छ म देख्छु देश त्यो तिम्रो गाउँमा।
मिठास त्यसै विचार गुन्छ यो जिन्दगानीमा।२।
अनिदो राति याद छ साथी मुटुमा राखेर।
छायाँको भाव मायाले सुन्छ यो जिन्दगानीमा।३।
छ मेरो जुन तिम्रै म हुन आज रमाउदै।
मनमा राति सपना बुन्छ यो जिन्दगानीमा।४।
वियोग पिडा आँशुको भेल समुन्द्री बनाई।
डुबाई मणि लुकाई थुन्छ यो जिन्दगानीमा।५।
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि